

स्याङ्जाको भिरकोट नगरपालिकाको मेयरमा कांग्रेस विजयी

काठमाडाैं – स्याङ्जाको भिरकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्माचार्य विजयी भएका छन् ।
कर्माचार्यले ६ हजार ५०४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत ल्याएर पराजित भएका छन् ।
यो नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार भगवती रेग्मी विजयी भएकी छिन् । रेग्मीले ७ हजार ९९७ मत ल्याउँदा एमालेकी सरस्वती अधिकारीले ४ हजार ९२८ मत ल्याएकी छिन् ।
९ वटा वडा रहेको यो नगरपालिकाको ६ नम्बर वडाको अध्यक्षमा एमालेले जितेको छ भने बाँकी सबै वडामा कांग्रेसले जितेको छ ।

