

दक्षिणकाली नगरपालिका प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी

बस्नेतले ७२०० मत ल्याए भने एमालेका आचार्यले ५२ सय मत पाएका छन् । नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी बसन्ती तामाङ विजयी भएकी छन् । उनले ७६०० मत पाइन् । बस्नेत र तामाङ अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए ।
नगरपालिकामा कांग्रेसले गठबन्धन गरेको थियो । कांग्रेसले ६ वटा वडामा जितेको छ भने एमालेले दुई र माओवादी केन्द्रले वडा नम्बर ८ जितेको छ ।

