
लालझाडीमा एमालेका निर्मल राना निर्वाचित
काठमाडौँ– कंचनपुरको लालझाडी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार निर्मल राना ४,५१६ मत ल्याई विजयी भएका छन्।उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार मदन सेन वडायकलाई १,६५८ मतान्तरले पराजित गरेका हुन्। पराजित मदन सेन वडायकले २,८५८ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी रानाले ३५ सय ६१ मत सहित बिजयी भएकी छन । उनकी निकटतम प्रतिस्पर्धि कांग्रेस राधा रानाले ३४ सय ९३ मत पाएकी छन। गत निर्वाचनमा माओवादीका मदनसेन बडायक विजयी भएक थिए।



कागजपत्र |
