
पञ्चेश्वर गाउँपालिकामा एमालेका चन्द निर्वाचित
धनगढी– पञ्चेश्वर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छन्। चन्दले ३७८२ मत पाए भने पराजित कांग्रेसका रमेश भण्डारीले २४८८ मत पाएका छन्।
उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएकी छन् भने पराजित नेकपा एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत पाए।



कागजपत्र |
