भरतपुर महानगर अपडेट : रेनु दाहाल झिनो मतान्तरले अगाडि


काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ४८७७ मत गनिएको छ ।

हालसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छन् । हालसम्म रेनु दाहालले १७२७ मत पाएकी छन् ।

त्यस्तै एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । काँग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्।

उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

प्रतिक्रिया