काठमाडौं महानगर अपडेट : स्वतन्त्र उमेदवार बालेनले बढायो मतान्तर


काठमाडौं – काठमाडौं महानगरको एक हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाएको छ ।
हालसम्म  स्वतन्त्र उम्मेदवार बालेनले ४८० मत ल्याएका भने गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २०० मत ल्याएका छन् ।
सिंहले ल्याएको मतभन्दा साहले २०० मतले अघि छन् । त्यस्तै राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । वडा नम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।

प्रतिक्रिया