काठमाडौं महानगरको मतगणना सुरू, मत १ र ३२ वडाबाट गणना गरिने


काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले विहान ८ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि ढिला गरी मतगणना सुरु भएको हो ।

उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने भनेपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । जसले मतगणनाको काम ढिला भएको थियो ।

अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै मतगणना सुरु भएको हो । महानगरको मत १ र ३२ वडाबाट गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना १ देखी क्रमशः माथि र ३२ देखी तल गरिने जनाइएको छ ।

प्रतिक्रिया