गोरखाको तोमनडाँडा केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ


गाेरखा – गोरखाको गण्डकी गाउँपालिका ६ तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान केन्द्र प्रवेश गरेका स्थानीय युवक मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् ।

मतदान केन्द्रभित्रको बेञ्चमा बसिरहेका बेला प्रहरीले शङ्का लागेर झोलामा हेर्दा खुकुरी फेला परेको मतदान अधिकृत अशोककुमार श्रेष्ठले बताए । उनलाई मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले जानकारी दिए ।

पक्राउ परेका गुरुङ कांग्रेस निकट तरुण दलको कार्यकर्ता रहेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताए ।

प्रतिक्रिया