प्रधानमन्त्री देउवा मतदान गरेर मात्रै काठमाडौं फर्किने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट वैशाख ३० गते मात्र काठमाडौं फर्कने भएका छन्।

चुनावी अभियानका क्रममा देश दौडाहामा गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आज हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुईवटा सभालाई सम्बोधन गर्नेछन्।

सम्बोधन पछि देउवा अबको तीन दिन डडेलधुरामै बस्ने र वैशाख ३० गते मतदान गरेर मात्रै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रतिक्रिया