
स्वर्णपदक विजेता सन्जुको अन्तिम पोष्ट, ‘मिसिङ यू लभ’!
ललितपुर – एसियन गेम्सका लागि छनोटमा परेकी भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन् । भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सन्जु झुन्डिएको अवस्थामा कोठामा फेला परेको जनाइएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा करिब १२ घन्टा अगाडि ‘मिसिङ यु लभ’ लेख्दै एउटा भिडियो पोष्ट गरेकी रहिछन् । सो फेसबुक पोष्ट सन्जु आँफैंले गरेकी हुन् वा होइनन् त्यो भने अनुसन्धानकै पाटो रहेको प्रहरीले जनाएको छ ।
रातीसम्म प्रशिक्षक महर्जनको घरमा भएको भोजमा सहभागी भएकी सन्जुलाई बिहान साढे ५ बजेतिर कोठाभित्र ढोकामा चुकुल लगाएकै अवस्थामा झुन्डिएको अवस्थामा देखिएको जनाइएको छ ।
ढोका पनि लगाएको र झ्यालमा ग्रील पनि रहेको हुनाले उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक जानकारी दिए पनि विस्तृत अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।
१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।
उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।
बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।



कागजपत्र |
