
आईपीएल : जित निकाल्दै चेन्नाई आठौं स्थानमा
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले शानदार जित निकालेको छ।डीवाई पाटिल स्पोर्टस एकेडेमीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ९१ रनले हराउँदै चेन्नाईले फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको विशाल योगफल तयार पारेको थियो। २०९ रनको लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा समेटियो।
दिल्लीका लागि मिचेल मार्शले २५ रन बनाए। शार्दुल ठाकुर २४, ऋषभ पन्त २१ र डेभिड वार्नरले १९ रन जोडे।चेन्नईका मोइन अलीले ३ विकेट लिए। मुकेश चौधरी, सिमर्जित सिंह र ड्वाने ब्राभोले २/२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईका लागि २०८ रनको विशाल योगफल तयार पार्नमा डेभोन कोन्वेले सर्वाधिक ८७ रनको योगदान गरे। रुतुराज गायकवाडले ४१, शिभम दुबेले ३२ र कप्तान महेन्द्र सिंह धोनीले नटआउट २१ रन जोडे।
दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए। खलिल अहमेदले २ तथा मिचेल मार्शले १ विकेट लिए।दिल्लीमाथि फराकिलो जित निकालेको चेन्नाईले ११ खेलमा ४ जितसहित ८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। चेन्नाईले कोलकातालाई उछिनेको छ। कोलकाता नवौं स्थानमा झरेको छ।
दिल्ली ११ खेलमा पाँच जितसहित १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ।



कागजपत्र |
