सशस्त्रका डीआईजी पौडेललाई एआईजीमा बढुवा सिफारिस


काठमाडौं – सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले बुधवार उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

वैशाख १६ मा सशस्त्र प्रहरीको एआईजीमा बढुवाका लागि सूचना जारी गरिएको थियो । सशस्त्रमा एआईजीको दुई पद खाली भएपनि बढुवा समितिले एक सिटमा मात्रै बढुवा निकालेको छ । 

प्रतिक्रिया