कांग्रेसले भोलीदेखि बैशाख २७ गतेसम्म १० शहरमा चुनावी सभा गर्ने

सबै चुनावी सभामा प्रधानमन्त्री देउवा र पौडेलको संवोधन


काठमाडौं । आगामी बैशाख ३० गते गर्ने भनिएको पाँच दलिय गठबन्धनको चुनावी सभालाई स्थगित गरिए पनि नेपाली कांग्रेसले भने भोलीदेखि बैशाख २७ गतेसम्म देशका १० प्रमुख शहरहरुमा पार्टीको छुट्टै चुनानी सभा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयका मुख्य सचिव तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलका अनुसार हरेक शहरमा हुने हरेक चुनावी सभालाई पार्टी सभापति तथा नेता रामचन्द्र पौडेलले संवोधन गर्ने भएका छन् । ति सभामा पार्टीका उपसभाति, महामन्त्री, सहमहामन्त्री वा प्रवक्तामध्ये २ जनासहित अन्य नेताले संवोधन गर्ने कार्याक्रम तय भएको छ ।

पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार वैशाख २१ गते विराटनगरमा हुने सभामा सभापति देउवा, नेता पौडेल र महामन्त्री विश्वप्रकाश शर्माले संवोधन गर्नेछन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा हुने चुनावी सभालाई देउवा र पौडेलसहित महालक्ष्मी उपाध्याय ‘डिनाले संवोधन गर्नेछिन भने वैशाख २३ गते काठमाडौंमा २ शीर्ष नेतासहित अन्यले संवोधन गर्ने भएका छन् ।

वैशाख २४ गते बिहान ११ बजे बुटवलमा हुने सभामा २ नेता, महामन्त्री गगनकुमार थापा र अन्य नेताले संवोधन गर्नेछन् भने सोही दिन दिउँसो साडे १२ बजे तनहुँको दमौलीमा २ नेतासहित प्रवक्ता डा. प्रकाशशरण महतले र सोही दिन दिउँसो २ बजे जनकपुरमा २ नेता र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादवले संवोधन गर्ने कार्यक्रम छ ।

वैशाख २५ गते बिहान ११ बजे पोखराको चुनावी सभालाई २ नेता र उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारले र सोही दिन दिउँसो २ बजे तुलसीपुरको सभामा किशोरसिंह राठौरले संवोधन गर्ने कार्यक्रम छ ।

वैशाख २६ गते धनगढीमा २ नेता र सहमहामन्त्री फरमूल्लाह मन्सुरले संवोधन गर्ने छन भने २७ गते डडेल्धुरामा सहमहामन्त्री बद्री पाण्डेले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया