अझै तीन दिन हावाहुरी र चट्याङसहित पानी पर्ने, सावधानी अपनाउन माैसमविद्को आग्रह


काठमाडाैँ- कम्तीमा तीन दिन देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले (सोमरबा बिहान) पनि काठमाडौंसहित बागमती प्रदेश, प्रदेश १ र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव संयुक्त प्रभावले कम्तीमा पर्सिसम्म वर्षाको सम्भावना देखिएको मौसमविद् मानन्धरले बताइन्। ​

प्रतिक्रिया