

बागी उम्मेदवारीबारे निर्णय लिन बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि साझ उमेदवारविरुद्ध परेको उमेदवारको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक जारी छ ।साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसिरहेको हो ।
बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

