एमाले उम्मेदवार शिल्पा कार्कीविरुद्धको उजुरी खारेज


काठमाडौं – विराटनगर महानगरपालिकामा नेकपा (एमाले) का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराैला कार्कीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।

विराटनगरमा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको र सबै उजुरी खारेज गरिएको र उम्मेदवारी सदर गरिएको जानकारी उनले दिए। ४३ वर्षीया कार्की कोसी अस्पताल विकास समितिकी सदस्यमा बहाल रहेको भन्दै सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका अमेरन्द्र यादवले उजुरी दिएका थिए।

उजुरीमाथि जाँचबुझ गर्दा उम्मेदवारी खारेज गर्नुपर्ने अवस्था नदेखिएको सदर गरिएको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै अन्य ३ जनाले सफाइ पाएका छन्।

एमालेबाट केराबारी गाउँपालिका–८ को वडाअध्यक्षमा उम्मेदवारी दिएका ५७ वर्षीय टीकाराम चापागाईं, वडा सदस्यका उम्मेदवार २७ वर्षीय दिलबहादुर राई र दलित महिला सदस्य पदकी उम्मेदवार ३७ वर्षीया सन्तोषी सार्कीविरुद्धको उजुरी भने खारेज भएको न्यौपानेको भनाइ छ। उनका अनुसार उजुरी खारेज गरिएका ३ जनाकै उम्मेदवारी सदर भएको छ।

प्रतिक्रिया