जब छोरीलाई बाबुले स्यालुट् हाने…
आन्ध्रप्रदेश – आफूभन्दा ठूलालाई आदर गर्नु हरेक मानिसको कर्तव्य हो, त्यो माथि जागिरको शिलशिलामा त अपरिहार्य नै त्यो, त्यो पनि अझै सुरक्षाफौजको जागिर । उमेरले जतिसुकै सानो भए पनि ठूलो पदमा रहेका अधिकारीहरुलाई सानो पदमा रहेका सहकर्मीहरुले स्यालुट हान्नु नै पर्ने हुन्छ ।
तर, कर्तव्य निभाउने क्रममा कहिलेकाहिँ आफ्नै छोरीलाई स्यालुट हान्नुपर्ने हुन्छ, भयो त्यस्तै भारतको आन्ध्रप्रदेशमा । भारतको आन्ध्र प्रदेश पुलिसको ‘पुलिस ड्युटी मिट’ सम्मेलनमा सहभागी डीएसपी जेसी प्रशान्तिलाई उनकै बुवाले स्यालुट् हाने । उनका बुबा श्यामसुन्दर इन्स्पेक्टर ड्युटीमा रहेका बेला प्रशान्ति आएपछि उनले डिएसपी छोरीलाई स्यालुट् हाने । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
श्यामसुन्दरले स्यालुट् हान्दै, ‘नमस्ते म्याडम’ भन्दा प्रशान्तिले मुस्कुराउँदै नमस्ते फर्काइन् । यी डीएसपी र इन्सपेक्टरको वार्तालाप हेर्दा सामान्य लाग्ने यो अवस्था बाबु–छोरीको हो भन्दा पक्कै पनि रमाइलो नै हुन्छ ।
छोरीलाई स्यालुट् हानेपछि श्यामसुन्दरले भनेका छन्, मैले मेरो छोरीलाई होइन, डीएसपीलाई स्यालुट् हानेको ’ भन्दा प्रशान्तिले मुस्कुराउँदै नमस्ते फर्काइन् । यी डीएसपी र इन्सपेक्टरको वार्तालाप हेर्दा सामान्य लाग्ने यो अवस्था बाबु–छोरीको हो भन्दा पक्कै पनि रमाइलो नै हुन्छ ।
छोरीलाई स्यालुट् हानेपछि श्यामसुन्दरले भनेका छन्, मैले मेरो छोरीलाई होइन, डीएसपीलाई स्यालुट् हानेको हुँ, यस्तो सामान्य कुरा हो, तर मलाई आफैंप्रति गर्व छ, मैले मेरी छोरीलाई मैले नै स्यालुट् हान्न पर्ने अवस्थाको बनाएँ ।’