
लेखकको हस्तक्षेपले कञ्चनपुरमा भाँडभैलो :आफ्नै वार्डमा हस्तक्षेप गर्दा तालाबन्दी
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आफ्नो गृह जिल्ला कञ्चनपुरमा आफू अनुकूल स्थानीय निर्वाचनमा उम्मेदवार बनाउन हस्तक्षेप गरेपछि सत्तारुढ दलबीचको गठबन्धन नै तोडिएको छ ।
लेखककै कारण कञ्चनपुरमा नेकपा माओबादी केन्द्र, नेकपा एस र जनता समाजबादीसँग कांग्रेसले कुनै पनि स्थानीय तहमा तालमेल गर्न सकेन । यहाँसम्मकी वडा हुँदै संघीय निर्वाचन क्षेत्रिय समितिले गरेको निर्णयलाई समेत उल्टाएर लेखकले आफू निकटको व्यक्तिलाई वडाअध्यक्ष बनाएका छन् ।
नेता लेखककै घर रहेको बेदकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्षमा टिकट पाएका दिपक ऐरको नाम परिवर्तन गरी जिल्लाबाट दिलु बोहोराको नाममा टिकट दिलाएपछि पार्टीको वडा कार्यालयमा पार्टीका असन्तुष्टहरुले तालाबन्दी गरेका छन् ।
बेदकोट नगरपालिका वडा नं ८ मा स्थानीय जनप्रतिनिधि छनोट प्रक्रिया पुरा गरी बैशाख ११ गते राति ७ः ३० बजे क्षेत्रिय सचिवबाट बदेकोट वडा नं. ८ का सभापति दलबहादुर विष्टलाई फोन गरी दिपक ऐरको नाममा अध्यक्ष पदमा क्षेत्रबाट निर्णय भएको जानकारी गराईको थियो ।
वडा र पालिकाले वडा नं ८ को अध्यक्षको उम्मेदवारमा ऐर सहित दिलु बोहरा र पार्वती मल्लको नाम सिफारिसउ गरेको थियो । क्षेत्रले गरेको निर्णयलाई उल्ट्याउँदै जिल्लाले पुन दिलु बोहोरालाई आधिकारिक उम्मेदवार बनाए पछि पार्टीको वडा कार्यालयमा स्थानीय कार्यकर्ता र शुभचिन्तकहरुले तालाबन्दी गरेका हुन् ।
पार्टीका स्थानीय नेता, कार्यकर्ता र जनताको भावनामाथि खेलवाड, अवहेलना गरी चलखेल गरेको भन्दै स्थानीयले लेखकको ठाडो हस्तक्ष गर्ने कुप्रथा, कुसंस्कारप्रति बिरोध जनाउँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएका छन् ।



कागजपत्र |
