राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाई दिँदै उनको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत बधाइ तथा शुभकामना दिएकी हुन्। उनले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन्।

‘आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने मेरो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । फ्रान्सका राष्ट्रपति माक्रोन राष्ट्रपतिमा पुनः निर्वाचित भएका हुन्।

प्रतिक्रिया