
धादिङमा ट्रकले कारलाई ठक्कर दिँदा ४ जना भारतीय र एक जना नेपालीको मृत्यु
काठमाडाैँ- धादिङको जुडखोलामा भएको सबारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो थाक्रे गाउँपालिका ७ जुडखोलामा काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बस र चितवनबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२५ भ २९६८ नम्बरको कार आपसमा ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको हो।



कागजपत्र |
