


हेटौंडाको मेयरमा सात जनाको उम्मेदवारी दर्ता

मेयरको लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईले, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्ताैलाले उम्मेदवारी दर्ता गराएका हुन् । हेटौंडाको मेयरको लागि स्वतन्त्र तर्फबाट लिला कुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी हेटौंडाको उपमेयर पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । उपमेयरको लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
हेटौंडाको १९ वटा वडा मध्ये वडा नम्बर १, २, ५, ८, १७, १८ र १९ मा वडा अध्यक्षमा उम्मेदवारी दिइएको छ । १९ नम्बरमा दुई जनाले वडा अध्यक्षको लागि उम्मेदवारी दिएका छन् भने बाँकी वडामा १/१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा १७ मा भने नेपाल विवेकशिल पार्टीले वडा अध्यक्ष सहित पाँच जनाको प्लानल नै दर्ता गराएको छ ।

