
दक्षिण कोरियामा जन्मने भन्दा मर्ने धेरै !
सोल(एजेन्सी)– सन् २०२० मा दक्षिण कोरियामा पहिलोपटक जन्मने भन्दा मर्ने बढी देखिए । यसले गर्दा यो देशमा चिन्ता निकै बढाएको छ । दक्षिण कोरिया पहिलेदेखि नै विश्वकै सबैभन्दा कम जन्मदर भएको देश हो ।
सन् २०२० मा दक्षिण कोरियामा २ लाख ७५ हजार ८ सय बच्चाको जन्म भएको थियो । यो सन् २०१९ को तुलनामा १० प्रतिशत कम हो । जबकी दक्षिण कोरियामा गत वर्ष करिब ३ लाख ७ हजार ७ सय ६४ जनाको मृत्यु भएको थियो ।
वर्तमान आँकडाले एकपटक पुनः दक्षिण कोरियालाई आफ्नो नीतिमाथि सोचविचार गर्न बाध्य बनाएको छ । देशको गृह मन्त्रालयले आफ्नो नीतिहरुमा यसलाई मध्यनजर राख्दै ‘मूलभूत परिवर्तन’को कुरा गरेको छ । घट्दो जनसंख्याले देशमाथि अत्याधिक दबाब दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यहाँ बढ्दो उमेरवाला अधिक जनसंख्याका कारण स्वास्थ्य सेवा र पेन्सनको मात्रामा अधिक राजस्व खर्च गर्नुपर्ने दबाब स्थानीय सरकारलाई छ । त्यही युवाको संख्या कम हुँदै गएपछि देशमा आन्तरिक कामदारको मात्रा पनि घटेको छ । यहीकारण पनि दक्षिण कोरियाको अर्थव्यवस्थामा प्रत्यक्ष असर परेको छ ।
गत महिना राष्ट्रपति मून जेईले कम जन्मदरको समस्यालाई हटाउनका लागि कैयौं नीतिको शुरुवात गरेका छन् । यसमा परिवारलाई नगद रुपैंयाँ दिने जस्तो पहल पनि शुरु गरिएको छ ।
यो योजना अनुसार सन् २०२२ बाट हरेक जन्म लिने बच्चामा २० लाख वान(दक्षिण कोरियाली रुपैंयाँ)को राशी मातापितालाई दिइनेछ । यसबाहेक एक वर्षको उमेरसम्म तीन लाख वान प्रति महिना दिइनेछ । सन् २०२५ मा यो रकम बढाएर पाँच लाख वान पुर्याइनेछ ।
दक्षिण कोरियामा ठूलो संख्यामा महिलाहरु काम र जिन्दगीको दोस्रो आवश्यकताबीच सन्तुलन बनाउन असमर्थ छन् । हून–उ–किम तिनीहरुमध्ये एक हुन् । चार भाईबहिनीमा उनी सबैभन्दा जेठी हुन् । उनले आफ्ना लागि एक ठूलो परिवारको सपना देखेकी थिइन् । तर उनले त्यो अवस्थाको सामना गर्नुपर्यो, जो दक्षिण कोरियामा परिवार बसाउनका लागि सर्त लागु हुन्छ । अब उनी बच्चा जन्माउने विषयमा पुनः एकपटक सोचविचार गरिरहेकी छन् ।
उनले हालैमात्र एक नयाँ काम शुरु गरेकी छन् र उनी अब त्यो मातृत्व अवकाश लिनका लागि उत्साहित छिन् । ‘मानिसहरुले मलाई पहिला करियर बनाउनतिर ध्यान दिन उकासिरहेका छन्’, उनले भनेकी छन् ।
दक्षिण कोरियामा रियल स्टेटको बढ्दो मूल्य पनि एक प्रमुख मुद्धा बनेको छ । किमका अनुसार भौतिक बस्तुको बढ्दो मूल्यका कारण पनि युवाहरु संयुक्त परिवार बनाउनका लागि हतोत्साहित छन् । ‘बच्चाका लागि आफ्नो घर हुनु अतिआवश्यक छ, तर दक्षिण कोरियामा यो सम्भव छैन’, उनी भन्छिन् ।
उनी सरकारले दिन लागेको रकम प्रति पनि सन्तुष्ट छैनन् । ‘बच्चालाई पालनपोषण गर्नु एक खर्चिलो काम हो । सरकारको तर्फबाट केही हजार वानको मद्दतले यो समस्या सुल्झिदैन’, उनी भन्छिन् ।



कागजपत्र |
