आजको मौसम : अपराह्नदेखि मेघगर्जनसहित वर्षा


काठमाडौं– हाल सुदुरपश्चिम र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।आज (बिहीबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।यसैगरी राति पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। गण्डकी, बागमती तथा प्रदेश १ का  केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।साथै तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।

प्रतिक्रिया