प्रतीक्षालयमा भेटियो पुरुषको शव


भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा १ पुरुष मृतावस्थामा भेटिएका छन् ।

ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा बुधवार नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ ।

करीब ३५/३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले शवपरीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास शुरू गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया