

मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग छलफल गर्दै मङ्गलबारभित्र कारण पेस गर्न निर्देशन दिएको हो ।
छलफलका क्रममा उद्योगीले तेल सनफ्लावर र सोयाबिनको तेल कच्चा पदार्थका कारण महँगो भए पनि तोरीको भाउ नबढेको दाबी गरेको पनि विभागले जनाएको छ । यता व्यापारीले भने सनफ्लावर र सोयाबिनको तेलसँगै तोरीको तेलको भाउ पनि बढेको बताउँदै आएका छन् ।
विभागका बजार अनुगमन निर्देशक सागर मिश्रले तेलको भाउ बढ्नुको कारणसहित मङ्गलबार कागजात पेस गर्न निर्देशन दिएको र चित्तबुझ्दो जवाफ नआएकाले कानुनअनुसार अगाडि बढ्ने बताए ।
विभागका अनुसार छलफलमा तेल उत्पादनका मुख्य उद्योग शिवशक्ति, दुगड, गणपति, केडियाका प्रतिनिधिको सहभागिता थियो ।

