प्रायोजित रुपमा भैरहेको चरित्रहत्याको सामना गर्ने सामर्थ छ : कमल थापा


काठमाडाैँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूविरुद्ध प्रायोजित र नियोजित रुपमा भैरहेको बताएका छन्। उनले आफूसँग चरित्रहत्याको सामना गर्ने सामर्थ भने भएको बताएका छन् । जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा बोल्दै थापाले पार्टी र नेतृत्वप्रति फैलाईएको भ्रम र षड्यन्त्रको भण्डाफोर गर्न समेत आग्रह गरे ।

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न अनुरोध गर्दै थापाले नेकपा एमालेसँगको सहमतिलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  सम्बर्धनवादको जगमा टेकेर मुलुकलाई समृद्धिको मार्गमा लैजाने राप्रपा नेपालको लक्ष्य रहेको भन्दै थापाले मुलुकको विकास प्रमुख विषय भएकोले वाद र तन्त्रको मात्रै कुनै अर्थ नहुने स्पष्ट पारे । बैठकमा ६५ जिल्लाका अध्यक्ष र केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया