पूर्वराजा ज्ञानेन्द्र नयाँ वर्ष मनाउन मेची क्राउनमा


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष झापाको होटल मेची क्राउनमा मनाउने भएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा पूर्वरानी कोमल र छोरी प्रेरणासहित सपरिवार पूर्वराजा ज्ञानेन्द्र झापा पुगेको होटल प्रशासनले जनाएको छ ।

हरेक वर्ष बसन्त ऋतुमा झापा जाने गरेका पूर्वराजा ज्ञानेन्द्र दमकस्थित चियाबगानको निवास र होटल मेची क्राउनमा नयाँ वर्ष मनाउँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्र र परिवारका सदस्यसहित २० जना मात्र सहभागी भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलका नेता वा राजाबादी व्यक्तित्व तथा शुभचिन्तकहरुसँग भेट्ने वा नभेट्ने बारेमा भने केही बताएका छैनन् । गत वर्ष कोरोना कहरका समय पूर्वराजा ज्ञानेन्द्र भारतको सिलगढीसमेत गएका थिए । उनी केही दिन झापामै बस्ने पारिवारिक श्रोतले बतायो ।

 

 

प्रतिक्रिया