नेपालगञ्जको मेयरका लागि कांग्रेसमा १४ जना आकांक्षी, उपमेयरमा ११


काठमाडौं – नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ ।

कांग्रेसको उपमहानगरपालिका समितिले आकांक्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लगि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुनको नाम सिफारिस भएका छन् ।

त्यस्तै अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह,अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम पनि मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सिफारिस भएका १४ मध्ये उमा थापामगर हालकी उपमेयर हुन् भने कनोडिया मेयरमा पराजित कांग्रेस उम्मेदवार हुन् ।

कांग्रेसको उपमहानगरपालिका समितिका सभापति प्रशान्त विष्टले उपमेयर पदमा ११ जनाको नाम सिफारिस गरेका छन् ।

प्रतिक्रिया