मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुरु गरेकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिइन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसेक िछन् ।

प्रतिक्रिया