दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना


टोकियो – जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाएका छन् । जापानमा बिदा मनाउने समयका रुपमा लिइने ‘गोल्डेन विक’ का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना उनले बनाए ।

यही अप्रिलको अन्त्य तिर उनले ती क्षेत्रका केही देशहरूको भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रधानमन्त्री किशिदाले थाइल्याण्डबाट भ्रमण सुरु गर्ने तयारी भएको छ ।

त्यस पछि उनले इन्डोनेसिया, भियतनामलगायतका देशको भ्रमण गर्ने श्रोतले जनाएको छ। उनको भ्रमणले ती देशहरूसँगको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुका साथै आर्थिक तथा राजनीतिक पक्षमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया