

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अम्मान – जोर्डनका राजा अब्दुल्लाह द्धितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लागेका हुन् ।
यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गरेकाे बताए ।
उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्धितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिएका छन् । सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ ।
राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उनलाई सपथ गराएको हो ।

