गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशयी बनेको छ : ओली


काठमाडाैं – एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशयी बनेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन सम्बोधन गर्दै ओलीले मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन्।

ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादीतर्फ ढकेलेको र सबै मिलेर त्यसलाई रोक्नुपर्ने बताए। उनले मुलुक अप्ठेरो अवस्थामा जाँदा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आबद्ध दलहरु खुसी भएर बसेको तर्क गरे।

एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै अध्यक्ष ओलीले एमाले ढुंगाको काप फोडेर पनि सरकारमा आउने दाबी गरे। उनले परमादेशबाट बनेको सरकार असंवैधानिक भएको दोहाेर्‍याए।

प्रतिक्रिया