धरान एमालेबाट मेयरमा ११ र उपमेयरमा ६ जनाको नाम सिफारिस


विराटनगर – धरान उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । यस्तै बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकाङ्क्षा राखेका नेताहरुले दाबी नछोडेपछि सबैको नाम सिफारिस गरेको नगर कमिटीले जनाएको छ ।

एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

प्रतिक्रिया