पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण, ४४ संक्रमणमुक्त


काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १५५ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । नेपालमा अहिलेको अवस्थामा ६३७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया