सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन


सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा हिजो (शुक्रबार) साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावल तथा काँग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। नेकपा ९एकीकृत समाजवादी० का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् ।

काँग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

नेकपा ९एकीकृत समाजवादी० का कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा ९एकीकृत समाजवादी०ले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ ।

यसै गरी सो पार्टीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ ।

प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा हिजै साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका शपथ गराएका छन् ।

प्रतिक्रिया