हारबाट जोगियो बार्सिलोना


काठमाडौँ– युरोपा लिगअन्तर्गतको बिहीबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना र इन्ट्राक्ट फ्रान्कफर्टबीचको खेल १(१ गोल अन्तरको बराबरीमा सकिएको छ।

बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ४८ औं मिनेटमा फ्रान्कफर्टले गोल गर्दै खेलमा अग्रता लिएको थियो।

खेलको ६६ औं मिनेटमा बार्सिलोनाको लागि फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ७८ औं मिनेटमा विपक्षी टोलीका सिल्भा मेलो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रान्कफर्ट १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले त्यसको फाइदा भने उठाउन सकेन।

यी दुई टोलीबीचको खेल अप्रिल १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ। यो खेलले सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ

प्रतिक्रिया