मन्त्री बडूद्वारा पदभार ग्रहण


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री बडूले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई आजै नयाँ जिम्मेवारी तोकेकी हुन् ।

पदभार ग्रहणका क्रममा मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन र नयाँ  नीति निर्माण संगठन तथा व्यवस्थापनका लागि मन्त्रालयमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी, मन्त्री बडूले मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका सबै समस्या एवं चुनौतीहरु समाधान गर्नुपर्नेमा जोड दिए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तात्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए ।

मन्त्री बडूले  यसअघि असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया