चैत २३ गतेदेखि ‘जनकपुर साहित्य-कला महोत्सव’ हुँदै


काठमाठाैं – जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य-कला महोत्सव’को आयोजना हुन लागेको छ ।

मैथिली विकास कोषको आयोजनामा यही चैत २३ देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।

कोषका अध्यक्ष चौधरीले महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रहने जानकारी दिए ।

आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकार सहभागी हुने जनाएको छ ।

महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष चौधरीले बताए ।

यसअघि कोषले २०७३ सालमा पहिलो र २०७५ सालमा दोस्रो जनकपुरधाम साहित्य कला महोत्सव सफलतापूर्वक सम्पन्न गरेको थियो ।

प्रतिक्रिया