आइपीएल क्रिकेटः गुजरातको लगातार दोस्रो जित


काठमाडौं- इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२२ गुजरात टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको हो ।

१७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनमा समेटियो । महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेल ७ अप्रिलमा लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ। गुजरातले पहिलो खेलमा लखनऊलाई ५ विकेटले हराएको थियो । गुजरातले ८ अप्रिलमा पन्जाबसँग खेल्नेछ।

प्रतिक्रिया