प्रधानमन्त्री देउवाको कार्यभार गृहमन्त्री खाणलाई


काठमाडौं – तीन दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यभार गृहमन्त्री बालकृष्ण खाणले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएकोले भारत प्रस्थान गरेकोले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यका लागि प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाणले सम्हाल्ने जनाइएको छ ।

देउवा शुक्रबारदेखि तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया