
आइपीएल : कोलकातामाथि बेङ्लोरकाे रोमान्चक जित
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लोरले कोलकाता नाइड राइडर्सलाई तीन विकेटले हराएको छ ।
बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य बेङ्लोरले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्यो । बेङ्लोरका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।
कोलकाताका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारिनले एक विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको कोलकाताले १८ ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि १२८ रनको योगफल खडा गरेको थियो ।
कोलकाताका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए ।
कोलकातालाई सस्तैमा समेट्न बेङ्लोरका वनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए । यसबाहेक, आकाश दीपले तीन र हर्शल पटेलले एक विकेट लिए ।



कागजपत्र |
