प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा ढलको व्यवस्थापन बर्षाअघि हुने


काठमाडौं –प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सरकारी निवास तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटार क्षेत्र अब ढल र फोहोर पानीबाट मुक्त हुने भएको छ ।

भीआईपीहरुको निवास र नेपाल राष्ट्र बैंक जस्तो संवेदनशिल अड्डा रहेको बालुवाटार क्षेत्र हरेक बर्षातमा फोहोर पानी र ढलका कारण दुर्घन्धित हुँदै आएको थियो । यसरी बालुवाटार क्षेत्रलाई ढल र फोहोर पानीबाट मुक्त गर्नको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले सो ढल निर्माणको शुभारम्भ गरेको छ ।

निर्देशनालयले वर्षात्को फोहोर पानी र ढललाई व्यवस्थापन ठेक्का सम्झौता गरेपछि मंगलबार खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्माण हुने आयोजनाको शिलान्यास गरेका छन् । ढल व्यवस्थापन निर्माणको शिलान्यासपछि मन्त्री चौधरीले अब बालुवाटार क्षेत्रमा ढलको समास्या समाधान हुने बताएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्ने उदेश्यले निर्देशनालयले काम अघि बढाएको हो ।

‘आगामी आर्थिक वर्षमा सिंहदरबार भित्र र वरिपरीको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुननिर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाउँछौं’, मन्त्री चौधरीले भने, ‘महत्वपूर्ण स्थानहरुमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको कार्य सरकारले अगाडि बढाउने छ ।’

निर्धारित समय अगाडि नै ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने र स्थानीय वासिन्दा तथा बालुवाटार क्षेत्रको सडक प्रयोगकर्ताले सुविधा पाउने मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले निर्धारिक समयभन्दा अगाबै र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै स्थानीय वडाका जनप्रतिनिधिको साथ र सहयोगबाटआयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

खानेपानी सचिव सुरेश आचार्याले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौं महानगर पालिकाका तीन वटा वडाका वासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने भन्दै सडक प्रयोगकर्ताले पनि सुविधा पाउने बताए । सचिव आचार्याले एक हजार दुई सय मिटर लामो ढल बालुवाटार क्षेत्रबाट वडा नं २ को सुकुनामार्ग हुँदै टुकुचामा पुर्याइने बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित भिभिआईपीको सरकारी निवास क्षेत्र र महानगरको २,३ र ४ का नौं हजार दुई सय ४६ घर परिवारले आयोजनाबाट लाभान्वित हुने बताए ।

निर्देशक सापकोटाले सो आयोजनालाई १५ महिना भित्र सम्पन्न गर्ने गरी समानान्तर निर्माण कम्पनीलाई १० करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको बताए ।

काठमाडौं महानगरपालिका वडा नं ४ स्थित ललितानिवास छेउमा बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यको शिलान्यासपछि महानगरका २ नं वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढल आयोजनालाई निधारित समयमा सम्पनन गर्न वडाबासीको तर्फबाट आफूले सहयोग, साथ र समर्थन गर्ने बताए ।

समानान्तर निर्माण कम्पनीका अध्यक्ष अच्युत प्रसाद खरेलले आयोजना कर्यान्वयन निर्देशनालयले तोकेको अधिकतम लागत १९ करोड २९ लाख भन्दा कममा आफूहरुले घाटा खाएर ठेक्का लिए पनि आगामी वर्षातको समय अघि नै गुणस्तरमा सम्झौता नगरी काम गर्ने बताए ।

उनले यसै क्षेत्रको नेपाल राष्ट्र बैंकको संरचना पनि आफ्नै कम्पनीलाई पाएर काम गरिरहेको हुनाले सुरक्षा संवेदनशिलतालाई समेत हेरेर घाटा भए पनि ठेक्का सम्झौता कर्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया