यी हुन् मन्त्रीपरिषद् बैठकका १४ निर्णय (पूर्णपाठसहित)


काठमाडौं – मन्त्रिपरिषदको बैठकले दुग्ध विकास संस्थानको महाप्रवन्धकमा संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ।

चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्लाहीको बलरा नगरपालिका ३ का झालाई दुग्ध विकास संस्थानको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी यही मार्च २६ देखि २७ सम्म कतारको राजधानी दोहामा आयोजित दोहा फोरमको २० औं संस्करणमा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको  टोलीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। साथै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको चैत १८ देखि चैत २७ गतेसम्म हुने भारत भ्रमण पनि स्वीकृत गरेको छ।

त्यसैगरी राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

साथै राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरवराज रेग्मी र नापी विभागको उपमहानिर्देशकमा करुणा केसीलाई तोक्ने निर्णय भएको छ ।

प्रतिक्रिया