प्रचण्ड छाडेर ओली कित्तामा किन उभिए बालकृष्ण ढुंगेल?


काठमाडौं– तत्कालिन माओवादीबाट संविधानसभामा निर्वाचित बालकृष्ण ढुंगेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन्।

उनी ओली पक्षमा केन्द्रीय सदस्य छन्। सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेल सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका राजनीतिज्ञ हुन्।

पूर्वमाओवादी पक्षको ठूलो टिमलाई ढुंगेलले ओलीका पक्षमा उतार्ने तयारी गरेका छन्। पूर्वलडाकू, घाइतेका परिवारलगायत पुष्पकमल दाहाल प्रचण्डले वास्ता नगरेका परिवारलाई ओलीका पक्षमा उतार्ने तयारी भएको हो।

स्रोतका अनुसार ‘माओवादी आन्दोलनलाई सत्यानाश पारेको र अराष्ट्रिय गतिविधि गरेका कारण प्रचण्डलाई छाडेको हुँ’ भन्ने ढुंगेलको कथन छ।

रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी र लेखराज भट्टले सहि निर्णय लिएको उनको ठहर छ। प्रचण्डले भारतीय डिजाइनमा राष्ट्रलाई धोका दिने गरेको र स्थिर सरकार चल्नै नदिने काममा अभ्यस्त रहेको ढुंगेलको बुझाई रहेको छ।

प्रतिक्रिया