नेविसंघ र तरुण दलका तदर्थ समिति गठनविरुद्ध शेखर समूहकाे खबरदारी भेला आज


नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको तदर्थ समिति एकलौटी ढंगले गठन गरिएको भन्दै संस्थापन इतर समूहले आज (सोमबार) ‘खबरदारी भेला’ आयोजना गर्दै छ।

यही चैत ९ गते प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान् गुरुङलाई तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट भएको हो।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज दिउँसो १ बजे खबरदारी भेला गर्न लागिएको आयोजक ‘न्याय र समान अवसरका लागि हाम्रो अभियान’ले जनाएको छ।

प्रतिक्रिया