एकदिवसीय क्रिकेट : पीएनजीसँग नेपालको लगातार दोस्रो हार


काठमाडाैं – एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले नेपालसँगको दुई खेलमा क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई ३ विकेटले हरायो ।

नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएकाे खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

आज कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे । उनको यो पहिलो शतक हो । ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि हिजो रोहित पौडेलले १ सय २६ रन बनाएका थिए ।

त्यस्तै सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा यूएईसँगको एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाएका थिए ।

प्रतिक्रिया