सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित


काठमाडाैँ- सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। शुक्रबार सम्पन्न आठौं महाधिवेशनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा समूहको अध्यक्षमा विजयी भएकी हुन्।

गएराति सार्वजनिक निर्वाचन परिणाम अनुसार समूहको उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यातलाई निर्वाचित भएकी छन्।

सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, लोकसरी कुँवर, मञ्जिला ढकाल, राधा प्रधान र पवित्रा मुडभरी चयन भएका छन्।

प्रतिक्रिया