
जी-२० बाट रूसलाई नहटाउने पक्षमा ब्राजिल
काठमाडाैं – ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ । ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, ‘अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ ।’
विदेश मन्त्री कार्लोस फ्रांकाले बिहीबारको सिनेट बैठकमा बताए, ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामारूसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ । त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थव्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने बिषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो ।
रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ ।



कागजपत्र |
