एकदिवसीय क्रिकेट : नेपाल पपुवा न्यगिनीसँग ६ रनले पराजित


काठमाडौं – नेपाल घरेलु मैदानमा पपुवा न्युगिनीसँग पराजित भएको छ। २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालका लागि १९ वर्षीय रोहितले शतकीय इनिङ खेलेपनि नेपाल ६ रनले पराजित भयो।

कीर्तिपुरस्थित टियू मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २८६ रन मात्र बनाउन सक्यो। नेपालको माथिल्लो क्रम पुनः एकपक चल्न नसक्दा नेपाल कीर्तिमानी लक्ष्य पछ्याउन असफल भयो।

बलिङ नचल्दा नेपाललाई विशाल लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा एकदिवसीय सिरिज खेलिरहेको नेपालले पपुवा न्युगिनीविरुद्ध खराब बलिङ गरेपछि नेपालले एकदिवसीय क्रिकेटकै सर्वाधिक ठूलो २९३ रनको लक्ष्य पायो । पपुवा न्यगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २९२ रन बनायो।

उसका लागि चार्लस अमिनीले सर्वाधिक ७७ रन बनाए । उनले १०३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए। यस्तै कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रन बनाउँदा नर्मन भानुआले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए। यस्तै, टोनी उराले ३८ तथा रिलेइ हेकुरेले ३१ रन बनाए।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । २ विकेट लिए पनि सोमपाल निकै महँगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए । यो एकदिवसीय क्रिकेटमा नेपाली बलरको सबैभन्दा महँगो स्पेल हो। यस्तै, कमलले ९ ओभरमा ५६ रन खर्चिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने पनि घरेलु मैदान महँगो बने । उनले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए। यस्तै, पनव सर्राफको नाममा पनि १ विकेट र्हयो । किफायति बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रन मात्र खर्चिए।

प्रतिक्रिया