

देशभर थप ५११ संक्रमित, थप ७ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६०० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ।
त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ।
हालसम्म नेपालमा १९ लाख २६ हजार ४७७ जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् ।

